नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहिबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ७० लाख २५ हजार ९१७.५४ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

त्यस्तै, प्रभु इन्स्योरेन्स लिमिटेडको १४ लाख ७९ हजार ८३१.६५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ८.७० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।


प्रतिकृया