insta insta

सर्वसाधारणले आजदेखि बेनी हाइड्रोपावरको आईपीओ भर्न सक्ने, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सर्वसाधारणले आजदेखि बेनी हाइड्रोपावरको आईपीओ भर्न सक्ने, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन बाँकी सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर निष्काशनपछि बाँकी रहेको सेयर सर्वसाधारणका लागि ल्याएको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसअघि निष्काशन भदौ २५ गते बन्द हुने गरी तय गरिएको थियो। तर भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा परेकाले निष्काशन अवधि परिवर्तन गरिएको कम्पनीले जनाएको छ।

सार्वजनिक बिदाका कारण धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम सार्वजनिक निष्काशनको आवेदन अवधि कम्तीमा चार कार्य दिन कायम गर्नुपर्ने भएकाले निष्काशन बन्द हुने मिति परिवर्तन गरिएको हो।

अब मागअनुसार आवेदन परेमा आईपीओ भदौ २६ गते नै बन्द हुनेछ। पर्याप्त आवेदन नपरेमा भने असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’मार्फत बिहान १० बजेपछि आवेदन दिन सक्नेछन्।

beni issue 2051244026 https://bajarkochirfar.com/the-general-public-can-fill-out-beni-hydropowers-ipo-from-today-until-when-can-it-be-filled | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स