दुई कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ बोनस र नगद ?

दुई कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ बोनस र नगद ?

दुई कम्पनीले लाभांश घोषणा गरेको छ। ग्रीन डेभलपमेन्ट बैंक र कालिञ्चोक दर्शन लिमिटेडले आज मङ्सिर ११ गते लाभांश घोषणा गरेको हो ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्तापूँजीको ८.०३९६% बोनस सेयर र कर प्रयोजनार्थ ०.४२३१४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकमा पारित भएको हो। लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको पारितिपछि गरिनेछ।

GRDBL https://bajarkochirfar.com/two-companies-announce-dividends-which-one-is-giving-how-much-in-bonus-and-cash-2 | %tags

कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले ५% बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकमा पारित भएको हो। लाभांश वितरण आगामी वार्षिक साधारण सभामा पारितिपछि गरिनेछ।

KDL https://bajarkochirfar.com/two-companies-announce-dividends-which-one-is-giving-how-much-in-bonus-and-cash-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स