दुई कम्पनीले लाभांश घोषणा गरेको छ। ग्रीन डेभलपमेन्ट बैंक र कालिञ्चोक दर्शन लिमिटेडले आज मङ्सिर ११ गते लाभांश घोषणा गरेको हो ।
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्तापूँजीको ८.०३९६% बोनस सेयर र कर प्रयोजनार्थ ०.४२३१४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकमा पारित भएको हो। लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको पारितिपछि गरिनेछ।
कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले ५% बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकमा पारित भएको हो। लाभांश वितरण आगामी वार्षिक साधारण सभामा पारितिपछि गरिनेछ।



प्रतिकृया