insta insta

नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ७१२औँ बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा रहेको छ। त्यस्तै, नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ। यी दुवै रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बैंकको साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ७२९ रुपैयाँ २६ पैसा रहेको छ।

यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ पनि चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार अग्राधिकार सेयरधनीलाई २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँड भएको मितिबाट समानुपातिक रूपमा २१३ दिनको अवधिका आधारमा गणना गरिएको हो। रकममा करसमेत समावेश छ।

बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको जनाएको छ।

प्रस्तावित लाभांश भने नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।

798888617 28568784856141332 7536496190566436395 n https://bajarkochirfar.com/how-much-is-nabil-banks-dividend-announcement-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स