ब्याज आम्दानी घट्दा पनि ७३% प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा, लाभांश क्षमता कति ?

ब्याज आम्दानी घट्दा पनि ७३% प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा, लाभांश क्षमता कति ?
AdvertisementAds

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ७३.५४ प्रतिशतले बढेर ७ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज रिभर्स भएको कारण लघुवित्तको नाफा बढ्न पुगेको हो।

दोस्रो त्रैमाससम्ममा आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानी ४.०१ प्रतिशतले घटेर १० करोड ७६ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी १.७२ प्रतिशतले घटेर ११ करोड २१ लाख ६८ हजार रुपैयाँमा आएको छ। यता, सञ्चालन मुनाफा भने ६९.४८ प्रतिशतले बढेर १० करोड ९६ लाख रुपैयाँ पुगेको छ।

 समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज २ करोड ६० लाखबाट रिभर्स भएर २ करोड ७३ लाख ऋणात्मक भएको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.१३ प्रतिशतबिन्दुले बढेर २.८४ प्रतिशतमा पुगेको छ।

AdvertisementAds

समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ सापटी संकलन गरी ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

दोस्रो त्रैमाससम्म लघुवित्तको वितरणयोग्य नाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ, जसका आधारमा लघुवित्तको लाभांश क्षमता १२.९३ प्रतिशत रहेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४७ पैसाले बढेर १४ रुपैयाँ ८३ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ।

पुस मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.१५ गुणा, आधार दर ६.४३ प्रतिशत र कस्ट अफ फण्ड ५.५० प्रतिशत रहेको छ।

Q2 4 https://bajarkochirfar.com/rsdc-microfinances-profit-increased-by-73-despite-a-decline-in-interest-income-what-is-the-dividend-potential | %tags
यो पनि पढ्नुहोस

कामना सेवा बैंकको नाफामा २२ प्रतिशतको छलाङ ! ६ महिनामै ३९ करोड कमायो, लाभांश क्षमता कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स