कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नुका कारण बैंकको नाफा बढ्न पुगेको हो।
दोस्रो त्रैमाससम्ममा कामना सेवा विकास बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको खराब कर्जा अनुपात ०.२५ प्रतिशतबिन्दुले घटेर ४.१० प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
नाफा बढे पनि बैंकको वितरणयोग्य नाफा भने २१.२५ प्रतिशतले घटेको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकको लाभांश क्षमता १५.३२ प्रतिशत रहेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६ पैसाले बढेर २० रुपैयाँ ४३ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ।
बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२.१७ गुणा रहेको छ।

मञ्जुश्री फाइनान्सले कमायो १३ करोड ५३ लाख नाफा, खराब कर्जामा पनि सुधार













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया