SHAREHUBSHAREHUB

मञ्जुश्री फाइनान्सले कमायो १३ करोड ५३ लाख नाफा, खराब कर्जामा पनि सुधार

AdvertisementAds
मञ्जुश्री फाइनान्सले कमायो १३ करोड ५३ लाख नाफा, खराब कर्जामा पनि सुधार
AdvertisementAds

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार फाइनान्सको खुद नाफा १५.६३ प्रतिशतले बढेर १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढ्नु तथा सञ्चालन आम्दानीमा सुधार आउनुका कारण फाइनान्सको नाफा बढेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८१ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ५ करोड ९९ लाख रुपैयाँबाट घटेर ५ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशतले बढेर ५३ करोड ६१ लाख पुगेको छ भने सञ्चालन नाफा १९ करोड ३७ लाख रुपैयाँ रहेको छ।

यता, कम्पनीको रिटेन्ड अर्निङ ३४.१५ प्रतिशतले घटेर २३ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष ७३ करोड ५४ लाख रुपैयाँ रहेको रिजर्भ बढेर ७८ करोड २० लाख रुपैयाँ पुगेको छ।

फाइनान्सको खराब कर्जा अनुपात ३.८६ प्रतिशतबाट घटेर ३.६४ प्रतिशतमा झरेको छ।

AdvertisementAds

समीक्षा अवधिमा मञ्जुश्री फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७१ पैसाले बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३९.८९ गुणा कायम भएको छ। तरलता अनुपात २३.५२ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स