लाभांश पारित गर्न दुई कम्पनीको वार्षिक साधारण सभा मंसिर १२ गते बस्दै, कुनले कति लाभांश दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १ गते
लाभांश पारित गर्न दुई कम्पनीको वार्षिक साधारण सभा मंसिर १२ गते बस्दै, कुनले कति लाभांश दिने ?

लाभांश पारित गर्न दुई कम्पनीको वार्षिक साधारण सभा यही मंसिर १२ गते बस्ने भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल  र आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बस्ने भएको हो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १९औं वार्षिक साधारण सभा सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यससँगै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक सेयरधनीको तर्फबाट एक जना र सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गरिसकेको छ।जस अनुसार, कार्तिक १६ गतेसम्म कायम  रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा शुक्रबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देही मा बिहान साढे ९ बजे सुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर/एक्विजिशन सम्बन्धि कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले कात्तिक २५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, कात्तिक २४ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स