हकप्रद सेयर निष्काशन गर्दै अपर स्याँङ्गे हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १९ गते
हकप्रद सेयर निष्काशन गर्दै अपर स्याँङ्गे हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल
AdvertisementAds

अपर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद सेयर निष्काशनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।

कम्पनीले हाल कायम २२ करोड रुपैयाँ चुक्ता पुँजीबराबरको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ।

यसअघि २०८२ असोज ९ गते सम्पन्न कम्पनीको साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स