दुई कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, मागे धितोपत्र बोर्डसँग अनुमति

दुई कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, मागे धितोपत्र बोर्डसँग अनुमति
Advertisement Ads

दुई कम्पनीले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन्। एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद सेयर जारी गर्न सेबोनमा आवेदन दिएका हुन्।

एनआईसी एसिया बैंकले हाल कायम चुक्तापुँजीको २ः१ अनुपात (५० प्रतिशत) मा हकप्रद सेयर निष्काशनका लागि अनुमति मागेको हो। स्वीकृति प्राप्त भएमा बैंकले प्रतिकित्ता रु. १०० अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएएमबी एस क्यापिटल रहेको छ।

यस्तै, चन्द्रागिरी हिल्सले हाल कायम चुक्तापुँजीको १ः१ अनुपात (१०० प्रतिशत) मा हकप्रद सेयर निष्काशनका लागि सेबोनसँग अनुमति मागेको छ। अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि जारी गर्नेछ। चन्द्रागिरी हिल्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

सेबोनबाट स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गर्नेछन्।

Screenshot 28 7 2026 125213 sebon.gov .np https://bajarkochirfar.com/two-companies-seek-permission-from-securities-and-exchange-board-of-nepal-to-issue-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स