आज पुस ९ गते बुधबार ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस ११, १२ र १३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आजसम्म कायम सेयरधनीले मात्र सम्बन्धित कम्पनीहरूको साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कम्पनीहरूमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, आईएमई लाइफ इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर रहेका छन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१७८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने कम्पनीको साधारणसभा पुस २४ गते हुने छ।
चन्द्रागिरी हिल्सले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसको साधारणसभा पुस २३ गते आयोजना हुने छ।
आईएमई लाइफ इन्स्योरेन्सले १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ र यसको साधारणसभा पुस २४ गते हुने तय भएको छ।
त्यस्तै, रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने कम्पनीको साधारणसभा पुस २५ गते बस्ने छ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसको साधारणसभा पुस २५ गते आयोजना हुनेछ।
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने कम्पनीको साधारणसभा पुस २१ गते हुने छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया