विद्युत् महसुलमा भ्याट हटाउने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र ऊर्जामन्त्रीबीच भेटघाट तथा छलफल भएको भन्ने समाचारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ।
सचिवालयका अनुसार अर्थमन्त्रीले आइतबार साँझ वा गएको साता यस विषयमा कुनै भेटघाट वा छलफल गरेका छैनन्।
विद्युत्को भ्याटसम्बन्धी विषयमा भने अर्थमन्त्रीले संसदमा राखेको धारणाअनुसार उपभोक्तालाई राहत दिने र विषयलाई थप सहजीकरण गर्ने सम्बन्धमा मातहतका निकायबाट छलफल तथा अध्ययन भइरहेको सचिवालयले जनाएको छ।
अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले यस्तो स्पष्टीकरण दिएका हुन्।

प्रतिकृया