दुई नबिल म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई नबिल म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Advertisement Ads

आज असोज ६ गते मंगलबार नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनका लागि दुवै फण्डले भोलि अर्थात् असोज ७ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्दैछन्। बुकक्लोजअघि आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरू यी फण्डको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

नबिल ब्यालेन्स्ड फण्ड २ ले इकाईधनीलाई ३.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड ३ ले आफ्ना इकाईधनीलाई २.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स