सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २०.७८ प्रतिशतले बढेर २ अर्ब १ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि भएको हो।
चौथो त्रैमाससम्ममा सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ८.२५ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड रुपैयाँ र सञ्चालन मुनाफा २३.४५ प्रतिशतले बढेर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ अर्ब २२ करोड रुपैयाँबाट घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको खराब कर्जा अनुपात ०.३३ प्रतिशतबिन्दुले घटेर ३.७१ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी १८ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसाले बढेर १७ रुपैयाँ ६२ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ।

















प्रतिकृया