असोज ६ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को इकाईमूल्य समायोजन भएको छ। फण्डले प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १५ प्रतिशत नगद लाभांशलाई आधार मानेर मूल्य समायोजन गरेको हो।
समायोजनपछि फण्डको इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ। नेप्सेले गत शुक्रबारको अन्तिम कारोबार मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। गत शुक्रबार हिमालयन ८०–२० को इकाई प्रतिकित्ता १२ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको थियो।
अब यही समायोजित मूल्यलाई आधार मानेर आज असोज ६ गते दोस्रो बजारमा फण्डको इकाई कारोबार खुल्नेछ।


प्रतिकृया