सिद्धार्थ बैंकले ‘क्रेडिट कार्ड कर्जा’ नतिर्ने ६० जनाको नाम सार्वजनिक गर्यो

सिद्धार्थ बैंकले ‘क्रेडिट कार्ड कर्जा’ नतिर्ने ६० जनाको नाम सार्वजनिक गर्यो

सिद्धार्थ बैंक लिमिटेडले क्रेडिट कार्ड कर्जा लिएका ऋणीहरूलाई सार्वजनिक रूपमा सचेत गराएको छ। बैंकका अनुसार, क्रेडिट कार्ड कर्जा लिँदा तोकिएको शर्त अनुसार फेडिट कार्ड वापत बुझाउनु पर्ने मूलधन, व्याज र अन्य रकम नबुझाइएको छ। बैंकले मौखिक तथा लिखित रूपमा पटक–पटक सम्झाइरहे पनि ऋणीहरूले कर्जा फछ्यौट गर्ने तर्फ कुनै तदारुकता देखाएका छैनन्।

यसका कारण बैंकले १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बाँकी रहेको सम्पूर्ण मूलधन, व्याज, हर्जाना र अन्य रकम एकमुष्ट बुझाउन ऋणीहरूलाई सूचित गरिएको छ।

सूचना अनुसार, निर्धारित समयभित्र रकम चुक्ता नगरेमा बैंकले नेपाल बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र अन्य प्रचलित कानुनअनुसार बैंकको लिया रकम ऋणीको सम्पत्ति मार्फत वसुल गर्ने अधिकार राख्नेछ। साथै, ऋणीको नाम कर्जा सूचना केन्द्रको करली सूचीमा समेत समावेश गरिने छ।

4568770 1 scaled https://bajarkochirfar.com/siddhartha-bank-publishes-names-of-60-people-who-defaulted-on-credit-card-loans | %tags
Photo Credit: Financial Notices

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स