हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने

हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने
Advertisement Ads

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई कम्पनीमा कुल ४० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ। कम्पनीको भदौ २४ गते बसेको २३५औँ सञ्चालक समितिको बैठकले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी गर्ने नीतिअनुसार विजय श्री सुगर मिल्स लिमिटेड र इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्टमा लगानी गर्ने निर्णय गरेको हो।

कम्पनीले विजय श्री सुगर मिल्स लिमिटेडको २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त सेयरमा २५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

त्यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्टमा पनि हाथवे इन्भेष्टमेन्टले लगानी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक सेयरमा १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको छ।

यससँगै हाथवे इन्भेष्टमेन्टले सुगर उद्योगतर्फ २५ करोड र जलविद्युत् क्षेत्रमा १५ करोड गरी कुल ४० करोड रुपैयाँसम्म लगानी गर्ने भएको हो।

Screenshot 10 9 2026 132450 https://bajarkochirfar.com/hathaway-investments-to-invest-rs-400-million-in-two-companies | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स