दुई कम्पनीका आधारभूत सेयरधनीले सेयर बेच्दै, कसले कति कित्ता ?

दुई कम्पनीका आधारभूत सेयरधनीले सेयर बेच्दै, कसले कति कित्ता ?
Advertisement Ads

दुई कम्पनीका आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर बिक्री गर्ने भएका छन्। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर बिक्री गर्ने भएका हुन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दुवै कम्पनीले आफ्ना आधारभूत सेयरधनीबाट प्राप्त निवेदनबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका हुन्।

हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी अम्बिका शर्मा लामिछानेले आफूसँग रहेको २ लाख कित्ता सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएको जनाएको छ। कम्पनीले उक्त निवेदन असोज २ गते प्राप्त गरेको हो।

यस्तै, बाराही हाइड्रोपावरका आधारभूत सेयरधनी लक्ष्मीनारायण पराजुलीले आफूसँग रहेको २४ हजार ७८० कित्ता सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्। कम्पनीले उक्त निवेदन असोज ५ गते प्राप्त गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स