बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले लाभांश विना दशौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिले असोज २६ गते बसेको बैठकमा सभा भक्तपुरको सूर्यविनायकस्थित डोलेश्वर भिलेज रिसोर्टमा दिउँसो सवा १२ बजे आयोजना गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै, हकप्रदबाट प्राप्त रकमको उपयोग र हकप्रद जारी गर्ने क्रममा आवश्यक सबै कार्यहरू सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
साधारणसभामा भाग लिनका लागि कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा, कात्तिक ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया