बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १:१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। जसअनुसार १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ।
यसका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्। लगानीकर्ताले मंसिर २७ गतेदेखि पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालयका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया