बाराही हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज १८ गते शुक्रबार गौरव इभेन्ट्स स्युचाटार,काठमाडौंमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजेदेशि शुरु हुनेछ ।
कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कसन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ। सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सो सभाले पारित गर्नेछ। सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिन बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया