बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को सेयरको लकइन अवधि हिजो २०८१ साल चैत ३० गते बाट सकिएको छ। लकइन अवधि सकिएसँगै आजको कारोबारमा कम्पनीको सेयर मूल्यमा तीव्र गिरावट देखिएको छ। कम्पनीको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयबासिन्दालाई बाँडिएको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता सेयरको लकइन सकिएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, समाचार तयार गर्दासम्म बलेफीको सेयर मूल्य रु २८.२९ ले घटेर रु २५५.२० मा झरेको छ, जुन ९.९८ प्रतिशतको गिरावट हो। यो दैनिक मूल्य घटबढको अधिकतम सीमा हो। यस अघि कम्पनीको कारोबारयोग्य सेयर (सार्वजनिक सेयर) ७३,११,८८० रहेको छ। लकइन अवधि समाप्त भएपछि प्रोमोटरहरूले आफ्नो सेयर बिक्री गर्न सक्छन् जसकारण बजारमा आपूर्ति बढ्ने भएकाले सेयर मूल्यमा दबाब सिर्जना गरेको हो।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया