हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड बढी कित्ता सेयरको लक-इन सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ३१ गते
हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड बढी कित्ता सेयरको लक-इन सकिँदै
AdvertisementAds

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता सेयरको लक-इन आगामी असोज २ गतेपछि सकिने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ बाँडफाँड गरेको मिति २०८० असोज २ गतेदेखि यी सेयर लक-इनमा राखेको थियो। लक-इन अवधि सकिएपछि संस्थापकतर्फका २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीतर्फका ५८ हजार ५०० कित्ता सेयर कारोबार गर्न सकिनेछ।

तर, सेयर स्वामित्व ग्रहण गर्ने सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने कारोबार गर्न सकिने छैन।

हाल कम्पनीको कुल ३ करोड १७ लाख ११ हजार ६८० कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स