सरकारले IPO निष्काशनका लागि क्षेत्रगत रूपमा छुट्टाछुट्टै योग्यता र मापदण्ड तोक्ने तयारी गरेको छ।
अर्थ मन्त्रालयको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ अनुसार जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि र औषधि उद्योगका लागि विशिष्ट योग्यता निर्धारण गरिनेछ।
यस्तै, बजारमुखी मूल्य प्रणाली, Price Discovery र सेयर बाँडफाँट प्रणाली सम्बन्धी नीतिगत तथा कानुनी सुधार गरी २०८३ पुस मसान्तभित्र लागू गर्ने योजना छ।

प्रतिकृया