पुँजीगत लाभकर घटाउने र नाफामा मात्रै कर लगाउने सरकारको योजना

पुँजीगत लाभकर घटाउने र नाफामा मात्रै कर लगाउने सरकारको योजना
Advertisement Ads

सरकारले दीर्घकालीन सेयर लगानीलाई प्रोत्साहन गर्न एक वर्षभन्दा बढी समय होल्ड गरिएको सूचीकृत सेयर बिक्रीबाट हुने लाभमा पुँजीगत लाभकर घटाउने प्रस्ताव गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको सूचीकृत सेयरबाट प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरिएको सेयरमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ।

हालको कर व्यवस्थामा सुधार गर्दै दीर्घकालीन लगानीलाई थप लगानीमैत्री बनाउने उद्देश्यले यस्तो प्रस्ताव अघि सारिएको हो।

त्यस्तै, सेयर कारोबारमा भएको नोक्सानीलाई पनि समायोजन गर्न सकिने गरी लाभकर गणना प्रणाली सुधार गर्ने प्रस्ताव गरिएको छ। नाफा र घाटा कारोबार तथा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभमा मात्र पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न अध्ययनसहित सुधार गर्ने उल्लेख छ।

यसअनुसार कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति तथा बासिन्दा निकायले सोही आय वर्षमा सूचीकृत धितोपत्र कारोबारबाट भएको नोक्सानीलाई लाभसँग समायोजन गर्न सक्ने व्यवस्था ल्याउने प्रस्ताव गरिएको छ।

802241690 2259652098209273 3500772340573518605 n https://bajarkochirfar.com/government-plans-to-reduce-capital-gains-tax-and-tax-only-profits | %tags

Stay Updated With. 1 17 https://bajarkochirfar.com/government-plans-to-reduce-capital-gains-tax-and-tax-only-profits | %tags
यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स