सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, धितोपत्र बजारका लागि नयाँ आधारभूत सूचकांक (Benchmark Index) समेत ल्याउने योजना बनाएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा २०८२ पुस २५ गते पेश भएको नेप्सेको संस्थागत सुदृढीकरण, संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यदलको प्रतिवेदनअनुसार नेप्सेको पुनर्संरचना तत्काल अघि बढाउने उल्लेख छ।
त्यस्तै, नेप्से सूचकाङ्कलाई All Equity Index कै रूपमा कायम राख्दै कारोबारयोग्य सेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन र सूचना प्रवाहलगायतका आधारमा नयाँ Benchmark Index तयार गरी २०८३ मंसिर मसान्तभित्र प्रयोगमा ल्याउनेयोजना छ।

यो पनि पढ्नुहोस

प्रतिकृया