भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको नबिल बैंक लिमिटेडको टिमुरे शाखा धुन्चे शाखामा समायोजन हुने भएको छ। बैंकले ग्राहकलाई नियमित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टिमुरे शाखालाई धुन्चे शाखामा समायोजन गर्न लागेको हो।
बैंकका अनुसार २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवाको टिमुरेमा रहेको शाखा कार्यालय बग्नुका साथै पूर्ण रूपमा क्षति भएको छ। सोही स्थानमा निकट भविष्यमा समेत शाखा सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि शाखा समायोजन गर्ने निर्णय गरिएको हो।
टिमुरे शाखा २०८३ असोज १ गतेदेखि धुन्चे शाखामा समायोजन गरी बैंकिङ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ।
समायोजनपछि धुन्चे शाखाबाट ग्राहकले टिमुरे शाखाबाट प्राप्त गर्दै आएका सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू पूर्ववत रूपमा लिन सक्नेछन्।



















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)

प्रतिकृया