नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भदौ महिनामा तीन कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन्। नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेड, वैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न आवेदन दिएका हुन्।
यी तीनवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेका छन्।
नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि १२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न भदौ ४ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो। यसको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
![]()
वैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २८ लाख ३५ हजार कित्ता आईपीओ निष्काशन गर्न भदौ ५ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीले २८ करोड ३५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो। यसको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
![]()
सौर्य कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २० लाख कित्ता आईपीओ निष्काशन गर्न भदौ १८ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो। यसको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
![]()
यी कम्पनीले सेबोनमा आवेदन मात्रै दिएका हुन्। सेबोनबाट आईपीओ निष्काशनको स्वीकृति पाएपछि मात्रै सम्बन्धित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न पाउनेछन्।

प्रतिकृया