ज्योति विकास बैंकले आफ्नो नाममा रहेका गैरबैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ। बैंकले विभिन्न स्थानमा रहेका घरजग्गासहितका १५० कित्ता सम्पत्ति बिक्री गर्न लागेको हो।
बैंकका अनुसार बिक्रीमा राखिएका घरजग्गा झापा, मोरङ, महोत्तरी, रुपन्देही, धनुषा, प्युठान, बर्दिया, नवलपरासी, स्याङ्जा, चितवन, तनहुँ, नुवाकोट, कैलाली, काठमाडौं, ललितपुर, कास्की, सर्लाही र बारा जिल्लाका विभिन्न स्थानमा रहेका छन्।
बैंकले बिक्रीमा राखिएका गैरबैंकिङ सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ।
बैंकले कर्जा असुलीका क्रममा आफ्नो स्वामित्वमा आएका विभिन्न स्थानका घरजग्गा तथा अन्य गैरबैंकिङ सम्पत्तिलाई बिक्री प्रक्रियामा राखेको हो।


प्रतिकृया