सरकारले बैंक निक्षेपमा बढी केन्द्रित रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फण्डलगायत संस्थागत लगानीकर्ताको लगानी पोर्टफोलियो पुनःसन्तुलन गर्ने योजना अघि सारेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मा यस्ता संस्थागत लगानीकर्तालाई धितोपत्रमा लगानी गर्न कानुनी, नीतिगत र संरचनागत सहजीकरण २०८३ मंसिर मसान्तभित्र गर्ने उल्लेख छ।
सरकारले संस्थागत लगानीकर्ताको प्राथमिक तथा दोस्रो बजारमा सहभागिता बढाउने गरी आवश्यक नीति, नियम र पूर्वाधार तयार गर्ने जनाएको छ।


प्रतिकृया