साधारणसभा गरेको दिन नै सिद्धार्थ बैंकले जम्मा गर्यो लाभांश सेयरधनीहरुको खातामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १ गते
साधारणसभा गरेको दिन नै सिद्धार्थ बैंकले जम्मा गर्यो लाभांश सेयरधनीहरुको खातामा

सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा सम्पन्न भएको दिन नै सेयरधनीहरूको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ।

बैंकले कात्तिक ३० गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारण सभा सम्पन्न गरेको थियो। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसमध्ये कर कटाएर बाँडफाँड हुने नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स