नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६५ हजार ६२८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ। बैंकले उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा कम्पनीबाट आवेदन माग गरेको हो।
यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको थियो। तोकिएको समयमा संस्थापक सेयरधनीबाट कुनै आवेदन प्राप्त नभएपछि अब अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ।
इच्छुक व्यक्ति तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

प्रतिकृया