अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारको विकास र सुधारका लागि आवश्यक कानुनी उपाय पहिचान गरी पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग भएको छलफलमा मन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोन अध्यक्ष डा. गोपाल भट्ट, डेपुटी गभर्नर किरण पण्डित तथा सेबोनका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।

प्रतिकृया