प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै होटेल सारथी

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै होटेल सारथी
Advertisement Ads

होटेल सारथी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्तावसहित असोज ४ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभा धुलिखेलस्थित कम्पनीको आफ्नै सभाहलमा दिउँसो १२ बजे बस्नेछ।

साधारणसभामा चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र २.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने तथा सोहीअनुसार प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा राखिनेछ।

यसैगरी, कम्पनीको जारी पुँजीको ३० प्रतिशत साधारण सेयर आईपीओमार्फत प्रिमियम मूल्यमा निष्काशन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाबाट पारित गराउने तयारी गरिएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ।

साधारणसभाबाट प्रस्तावहरू पारित भएपछि कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स