मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर गएराति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का गण्डकी प्रदेशका विभिन्न जिल्लासँगै काठमाडौंसम्म महसुस भएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन।

प्रतिकृया