सांग्रिला डेभलपमेन्ट बैंकले ७ हजार ५१० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकका अनुसार उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयरको विवरण खुलाएर बैंकको काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको ३५ दिनको अवधिमा बैंकका विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ।





















प्रतिकृया