कुमारी बैंकको लाभांश घोषणा, कति दिँदैछ ?

कुमारी बैंकको लाभांश घोषणा, कति दिँदैछ ?
Advertisement Ads

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी हाल कायम चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। उक्त नगद लाभांशमा लाभांश करसमेत समावेश हुनेछ।

बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ। बैंकले यसपटक कुनै बोनस सेयर प्रस्ताव गरेको छैन।

Screenshot 16 9 2026 91737 www.nepalstock.com https://bajarkochirfar.com/kumari-bank-announces-dividend-how-much-is-it-paying | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स