स्वरोजगार लघुवित्तले बोलायो विशेष साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १५ गते
स्वरोजगार लघुवित्तले बोलायो विशेष साधारण सभा, केके छन् प्रस्तावहरु ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको वैशाख १४ गते बसेको बैठकले आगामी जेठ १ गतेका लागि सभा बोलाउने निर्णय गरेको हो। उक्त सभा बनेपास्थित पञ्चकन्या ब्याङ्क्वेटमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।

सभामा मुख्य रूपमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिनेछन्। यसअन्तर्गत डीडीए मूल्यांकनकर्ताको नियुक्ति, पारिश्रमिक तथा प्राप्ति प्रक्रियासम्बन्धी खर्चको अनुमोदन, सेयर आदान–प्रदान दरको स्वीकृति, प्रारम्भिक समझदारी पत्र र अन्तिम सम्झौता पत्रसँग सम्बन्धित निर्णयहरूको अनुमोदन गरिनेछ। साथै, प्राप्ति पश्चात हुने संरचनागत परिवर्तन, संस्थापक तथा सर्वसाधारण सेयर स्वामित्वमा आउने परिवर्तन र केन्द्रीय कार्यालय स्थानान्तरण सम्बन्धी विषयमा सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

त्यसैगरी, प्राप्तिपछि वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजीमा हुने वृद्धिलाई ध्यानमा राख्दै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। नियामक निकायबाट कुनै थप संशोधन वा निर्देशन आएमा त्यसअनुसार आवश्यक कार्य गर्न सञ्चालक समिति वा तोकिएको पदाधिकारीलाई अधिकार दिने विषय पनि प्रस्तावमा समेटिएको छ।

अर्को प्रस्तावअन्तर्गत प्रबन्धपत्र तथा नियमावली संशोधन प्रक्रियामा नियामक निकायबाट आउने सुझाव वा निर्देशनअनुसार आवश्यक परिमार्जन गर्न पनि सञ्चालक समिति वा अधिकार प्राप्त पदाधिकारीलाई पूर्ण अख्तियारी प्रदान गर्ने व्यवस्था गरिएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स