रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले KIOCH का अध्यक्ष डा. भगवान कोइरालालाई ५० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

बालबालिकालाई गुणस्तरीय, सहज तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको KIOCH हाल नेपालमा आधुनिक बहु-विशेषज्ञ (Multi-specialty) बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ। संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता विशेष स्वास्थ्य सेवामा केन्द्रित भएर काम गरिरहेको छ।

रिलायबल नेपाल लाइफले उक्त सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, अस्पतालको आवश्यक पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस सहयोगले कम्पनीको सामाजिक उत्तरदायित्व, विश्वास र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

कम्पनीले आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स