आज पुस २० गते आइतबार ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ती कम्पनीहरूले पुस २१ गते साधारणसभाका लागि बुक क्लोज गर्ने निर्णय गरेका कारण आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
लाभांश सुरक्षित हुने कम्पनीहरूमा नागरिक लगानी कोष, प्राइम कमर्शियल बैंक, कालिका लघुवित्त वित्तीय संस्था, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।
नागरिक लगानी कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ, जसका लागि साधारणसभा पुस ३० गते बोलाइएको छ।
त्यस्तै, प्राइम कमर्शियल बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित पुस ३० गते साधारणसभा गर्दैछ।
कालिका लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने यसको साधारणसभा पनि पुस ३० गते नै आयोजना हुने छ।
यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस सेयर र ४.४२१० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ, जसका लागि साधारणसभा पुस २९ गते तय गरिएको छ।
जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ र यसको साधारणसभा पनि पुस २९ गते बस्दैछ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भने १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस २९ गते हुने तय भएको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया