रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लकइन अवधि आगामी साउन ३० गते समाप्त हुने भएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त मितिबाट लकइन अवधि सकिने जानकारी दिएको हो।
लकइन अवधि सकिन लागेका सेयरमध्ये संस्थापक समूहको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र कर्मचारीको ७ लाख ७९ हजार ५२० कित्ता सेयर रहेका छन्। कम्पनीका अनुसार यो संख्या बोनस सेयरसमेत समावेश गरिएको हो।
प्रचलित व्यवस्थाअनुसार कुनै पनि कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड भएको मितिदेखि तीन वर्षसम्म संस्थापक र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार रिलायबल नेपाल लाइफको उक्त सेयरको लकइन अवधि सकिन लागेको हो।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ।

प्रतिकृया