लुम्बिनीको सिद्धार्थनगर (भैरहवा) मा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरी १५ करोड रुपैयाँ संकलन गर्नेछ। आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा भदौ २५ गते हस्ताक्षर भएको हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि रहेको बुद्ध रिजेन्सीले ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत पाँचतारे होटल सेवा प्रदान गर्दै आएको छ।

प्रतिकृया