लाभांश पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले ३८ औँ वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ। सभा कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लगानीसम्बन्धि व्यवस्था थप परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १६ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।














प्रतिकृया