लाभांश पारित गर्दै नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

लाभांश पारित गर्दै नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा बुधबार कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि हाल कायम चुक्ता पूँजी रु. ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँको आधारमा ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार कम्पनीले रु. ४६ करोड ५१ लाख ८२ हजार ८७८ रुपैयाँ नगद लाभांश र रु. २१ करोड ८९ लाख ९ हजार ५८९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि रु. ३ करोड ६० लाख ४ हजार ८६७ रुपैयाँ नगद लाभांश पनि प्रदान गर्नेछ। ४ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको कूल चुक्ता पूँजी रु. ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम सीमा भन्दा माथि रहेको छ।

समीक्षा वर्षमा कम्पनीको कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई वर्षअन्त्यमा रु. ७,७९०.२० करोड पुगेको छ भने लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा बढी लगानी गरिएको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको वार्षिक औसत लगानी प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ। अध्यक्ष सिंहका अनुसार सो अवधिमा कम्पनीको कूल बीमाशुल्क आम्दानी १०.२६ प्रतिशतले वृद्धि भई रु. २,२५९.३७ करोड पुगेको छ। सञ्चालनबाट रु. १,४९८.५९ करोड खुद रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व अघिल्लो वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई वर्षअन्त्यमा रु. ९,४५८.७७ करोड पुगेको छ। यसै अवधिमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति तथा आंशिक अवधि समाप्ति दाबी, समर्पण मूल्य तथा अन्य दाबी भुक्तानीबापत कुल रु. ९४८.६५ करोड भुक्तानी गरेको छ।

लगानी विविधिकरणको क्रममा कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर रु. ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२.८५ रुपैयाँमा खरिद गरेको छ, जसपछि उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ। साथै, कम्पनीले प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालन सुरु गर्दै आर्थिक वर्ष २०८१/०८२ का लागि पहिलो पटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ। यसैगरी, कम्पनीले ईटहरी शाखाका लागि आफ्नै स्वामित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया पनि अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स