मुक्तिनाथ विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा अनुभवी बैंकर तारा मानन्धरलाई नियुक्त गरेको छ। बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
हालका सीईओ प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तमा समाप्त हुँदैछ। त्यसपछि जेठ १ गतेदेखि मानन्धरले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।
मानन्धर नेपाली बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढी अनुभव भएका परिचित बैंकर हुन्। उनले आफ्नो करियर साविकको नेपाल बंगलादेश बैंकबाट सुरु गरेका थिए। त्यसपछि उनले एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत विभिन्न बैंकहरूमा काम गरिसकेका छन्।
यसअघि उनी मुक्तिनाथ विकास बैंकमै डेपुटी सीईओको रूपमा पनि कार्यरत थिए।
बैंकिङ क्षेत्रबाट केही समय टाढिएर उनी मिडिया उद्योगमा समेत प्रवेश गरेका थिए। २०८१ वैशाख ३ गतेदेखि उनी डिस मिडिया नेटवर्कको सीईओका रूपमा कार्यरत थिए। तर पुनः बैंकिङ क्षेत्रमा फर्किएर मुक्तिनाथ विकास बैंकको नेतृत्व सम्हाल्ने भएका हुन्।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया