बाढीपछिको बलियो कमब्याक: बिजुली उत्पादन सुरु भएपछि माण्डु हाइड्रोको नाफा ४१४% ले बढ्यो

बाढीपछिको बलियो कमब्याक: बिजुली उत्पादन सुरु भएपछि माण्डु हाइड्रोको नाफा ४१४% ले बढ्यो
Advertisement Ads

माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ४१४.७९ प्रतिशतले बढेर ३१ करोड ८५ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले जम्मा ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बाढीले क्षति पुर्‍याएको २२ मेगावाटको आयोजनाको पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आउनु र थप १० मेगावाट क्षमता विस्तार गरी कुल ३२ मेगावाटबाट विद्युत उत्पादन सुरु भएका कारण विद्युत बिक्री आम्दानीमा भारी वृद्धि भई कम्पनीको नाफामा यस्तो आकर्षक उछाल आएको हो।

चौथो त्रैमाससम्ममा माण्डु हाइड्रोपावरको विद्युत बिक्री आम्दानी २८८.२६ प्रतिशतले बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। यता, आयोजनाको क्षमता विस्तार र सञ्चालनसँगै कम्पनीको सञ्चालन तथा मर्मत खर्च बढेर ६ करोड १४ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च (Financial Cost) १९ करोड ४१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको वित्तीय खर्च १६ करोड १८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित कोष (Retained Earnings and Reserves) मा ६८ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ। बलियो आम्दानीका कारण कम्पनीको जगेडा कोष अघिल्लो वर्षको तुलनामा करिब ८६ प्रतिशतले बढेको हो।

वित्तीय सूचकहरुमा पनि कम्पनीले निकै राम्रो सुधार गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १८.८२ रुपैयाँले बढेर २३.३६ रुपैयाँमा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १६२.८८ रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष १३९.५५ रुपैयाँ रहेको थियो।

कम्पनीले व्यवस्थापन विश्लेषणमा उल्लेख गरेअनुसार गत वर्ष भारी वर्षा र बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। तर, पुनर्निर्माणपछि छिट्टै युनिटहरु सञ्चालनमा आएको र थप १० मेगावाटको निर्माण समेत सकिएर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएकाले आम्दानी दिगो हुने देखिन्छ। यसका साथै, कम्पनीले आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा समेत गरेको छ जुन आगामी साधारण सभाबाट पारित हुन बाँकी छ।

762666736 1355404959950573 1247652938422960046 n https://bajarkochirfar.com/strong-comeback-after-floods-mandu-hydros-profit-increases-by-414-after-power-generation-resumes | %tags

GBIME https://bajarkochirfar.com/strong-comeback-after-floods-mandu-hydros-profit-increases-by-414-after-power-generation-resumes | %tags
यो पनि पढ्नुहोस

खुद ब्याज आम्दानी घटे पनि किन बढ्यो ग्लोबल आइएमई बैंकको नाफा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स