घाटाबाट नाफामा फर्कियो दिव्यश्वरी हाइड्रोपावर, विद्युत बिक्री आम्दानी १६ प्रतिशत बढ्यो

घाटाबाट नाफामा फर्कियो दिव्यश्वरी हाइड्रोपावर, विद्युत बिक्री आम्दानी १६ प्रतिशत बढ्यो
Advertisement Ads

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार अघिल्लो आर्थिक वर्ष घाटामा रहेको कम्पनी समीक्षा अवधिमा खुद नाफामा फर्किएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ लाख ६३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको दिव्यश्वरी हाइड्रोपावरले समीक्षा अवधिमा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

विशेषगरी विद्युत् गृहको नियमित सञ्चालन तथा मर्मत सम्भारका कारण विद्युत उत्पादन बढेर सञ्चालन आम्दानी वृद्धि हुनु र वित्तीय खर्च (Finance Cost) घट्नुले कम्पनी नाफामा जान मुख्य योगदान पुर्‍याएको छ।

चौथो त्रैमाससम्ममा दिव्यश्वरी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १६.११ प्रतिशतले बढेर १० करोड ४४ लाख १८ हजार रुपैयाँ पुगेको छ। कुल नाफा २४.६३ प्रतिशतले बढेर ९ करोड ९२ लाख २ हजार रुपैयाँ पुग्दा सञ्चालन मुनाफा ३८.२६ प्रतिशतले बढेर ५ करोड ५० लाख ६४ हजार रुपैयाँ पुगेको छ। यस्तै, कम्पनीको वित्तीय खर्च १३.३७ प्रतिशतले घटेर ३ करोड ९९ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष २५ करोड ६४ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा तथा कोष (Reserve and Surplus) समीक्षा अवधिमा ५.६८ प्रतिशतले सुधार भई २४ करोड १८ लाख ७५ हजार रुपैयाँ ऋणात्मक स्थितिमा आएको छ।

नाफामा सुधार आएपछि कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि धनात्मक बनेको छ। अघिल्लो वर्ष २.६० रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी बढेर ५.५१ रुपैयाँ पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ ३.४० रुपैयाँबाट सुध्रिएर ८.३८ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात (PE Ratio) ४९ गुणा रहेको छ।

नदीमा पानीको बहाव कम हुँदा आयोजनाबाट हुने विद्युत उत्पादनमा हिउँद याममा असर परिरहेको कम्पनीले जनाएको छ। साथै, विगतमा ३३ केभी प्रसारण लाइनको क्षमतामा आएको समस्याका कारण विद्युत उत्पादन तथा आम्दानी प्रभावित भएको उल्लेख गरिएको छ। त्यसको असरस्वरूप बैंकको सावाँ तथा ब्याज भुक्तानी नियमित गर्न कठिनाइ भएको र हर्जाना ब्याजसमेत व्यहोर्नुपरेको कम्पनीले जनाएको छ।

HYDRO https://bajarkochirfar.com/dibyashwari-hydropower-returns-to-profit-from-losses-electricity-sales-revenue-increases-by-16-percent | %tags

mandu https://bajarkochirfar.com/dibyashwari-hydropower-returns-to-profit-from-losses-electricity-sales-revenue-increases-by-16-percent | %tags
यो पनि पढ्नुहोस

बाढीपछिको बलियो कमब्याक: बिजुली उत्पादन सुरु भएपछि माण्डु हाइड्रोको नाफा ४१४% ले बढ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स