दिव्यश्वरी हाइड्रोपावरले अघिल्लो दुई आर्थिक वर्षको साधारणसभा गणपूरक संख्या नपुगेपछि पुनः सभा असार ९ गते दिउँसो १ बजे अन्नपूर्ण पार्टी भेन्यू, मैतीदेवी, सेतोपुलमा बोलाएको छ। यस सभामा लाभांश प्रस्ताव छैन, तर १:१ अनुपातमा हकप्रद सेयर जारी गर्न र त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया गर्न सञ्चालक समितिलाई अधिकार दिने मुख्य एजेन्डा छ।
साथै, सम्भावित मर्जर, प्रबन्धपत्र तथा नियमावली संशोधन, अघिल्ला आवको वित्तीय विवरण पारित, चालू आवको लागि लेखापरीक्षक नियुक्ति, सञ्चालक समितिको पदपूर्ति तथा स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव छन्। सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेकाले जेठ ७ गतेसम्मका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।














![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया