दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म ४५ लाख रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ३ करोड ९१ लाख रुपैयाँ घाटामा रहेको थियो।
कम्पनीको घाटा घट्नुमा विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको गिरावट मुख्य कारण रहेको छ। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ११.२२ प्रतिशतले बढेर ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल आम्दानी १०.९५ प्रतिशतले बढेको छ भने कुल नाफा १४.८४ प्रतिशतले वृद्धि भएको छ।
असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफा २५ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ३ रुपैयाँ ४० पैसा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।




















प्रतिकृया